विराटनगर : कोशी प्रदेशमा सरकार गठन गर्न गठबन्धनले सभामुख बाबुराम गौतमले हस्ताक्षर प्रयोग गरेपछि त्यसको विरुद्धमा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
बिहीबार नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खोरेज गर्न माग गर्दै एमाले संसदीय दलले रिट दायर गरेको हो ।
उक्त रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा दर्ता गराएका हुन् ।
भण्डारीले सर्वोच्चमा रिट दर्ताका क्रममा रहेको जानकारी दिए । ‘संविधानको धारा १६८९२० द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरिएको छ’, भण्डारीले भने ।
संविधानको प्रक्रिया मिचेर सरकार बनाइएकोले सो असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा आइपुगेको भण्डारीले बताए ।