गणेश उप्रेती ‘शुशिल’
विराटनगर : कोशी प्रदेशका सभामुख बाबुराम गौतमले नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन दलको सांसदको हैसियतले हस्ताक्षर गरेपछि चौतर्फी आलोचना सुरु भएको छ ।
सभामुखभएलगत्तै दल त्यागको घोषणा गरेका गौतम सांसदको हैसियतले प्रस्तुत भएपछि संविधानविद्, गठबन्धन दलकै शीर्ष नेतादेखि माओवादी सांसदहरूले नै उनीमाथि प्रश्न उठाइरहेका छन् ।
ओखलढुंगाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका गौतम माओवादीको कोटाबाट सभामुख बनेका थिए ।
माओवादी प्रदेश समिति सचिव तथा प्रदेश सांसद गणेश उप्रेतीले सत्ता लिप्सामा अशक्त भएकाहरुले सभामुखको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हुदा छदाको सभामुखलाइ डुबाएर नर्कको यात्रा सुरु गरे सत्ता लिप्सामा आसक्त भएकाहरुले !!’
यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठबन्धनबाट संविधान र लोकतन्त्र मास्ने काम भएको बताएका छन् ।