Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उद्धव थापा कोशीको नयाँ मुख्यमन्त्री नियुक्त



कांग्रेस कोशी प्रदेशका संंसदीय दलका नेता उद्धव थापा

विराटनगर : कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियूक्त भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । उनले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार