Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका प्रदेश प्रमुखद्वारा सरकार गठनको आव्हान



विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् ।

कोशीमा नयाँ सरकार गठनका लागि असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिइएको छ ।

नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका थिए । कार्की गत पुस २५ मा संविधानको धारा १६८ को उपधारा (२) को अनुसार माओवादी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

तर, माओवादी र जसपाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार