Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजेन्द्र राईलाई मुख्यमन्त्रीको जवाफ : छाती खोलेर एमालेमा स्वागत गर्छौ



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सँगै बसेर काम गर्न आफू तयार रहेको बताएका छन् । विश्वासको मत सम्बन्धि प्रस्तावमा उठेका विषयमा जवाफ दिने क्रमममा उनले मिलेर जान आग्रह गरेका हुन् ।

बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै राईले एमालेले आफूहरुलाई नचाहिँदा वेवास्ता गर्ने र चाहिँदा मात्रै खोज्ने गरेको बताएका थिए ‘एमालेले कमिकमजोरी सच्याएर जान खोजे समर्थन गर्न तयार छौँ । तर, सच्चिनु पर्यो हामी एमालेसँग पार्टी एकतानै गर्न तयार छौँ,’ राईले भनेका थिए ।

विद्यार्थी राजनीतिमा लामो समय सँगै बसेर काम गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘यहाँलाई म छाती खोलेर एमालेमा स्वागत गर्न चाहन्छु ।’ विद्यार्थी कालमा सँगै लडेको र लठाी खाएका कार्कीले बताए । उनले भने, ‘एमाले निर्माणमा तपाईंको ठूलो भूमिका छ । विद्यार्थी आन्दोलनमा सँगसँगै कुटिएका छौं, जेल गएका छौं । अहिले पनि एमालेमा तपाईंको आवश्यकता छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार