Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

३० मिनेटका लागि रोकिएको कोशी प्रदेशसभा बैठक ८ बजेसम्म स्थगित



विराटनगर : ३० मिनेटका लागि स्थगित भएको कोशी प्रदेशसभाको तेश्रो अधिवेशनको पहिलो बैठक आज साँझ ८ बजेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका विषयमा दलका तर्फबाट सांसदहरुले आफ्ना कुरा राखेपछि सभामुख बाबुराम गौतमले ३० मिनेटका लागि बैठक स्थगित भएको जानकारी प्रदेशसभालाई गराएका थिए । तर, विषेश कारणबस बैठक  ८ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्की नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

सरकारमा सहभागी भएको माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि आज कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । कार्कीले विश्वासको मत पाउने सम्भावना भने न्युन रहेको छ ।

**आज साँझ हुनुपर्नेमा यसअघि भुलबस शुक्रबार बिहान भएकोमा सच्च्याइएको छ । सम्पादक**

प्रतिक्रिया
सम्बन्धित समाचार