Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्रीको अभिव्यक्तिले मत नदिँउ नदिँउ बनायो : राजेन्द्र राई



विराटनगर : नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले वर्तमान सरकारलाई आफूहरुले विश्वासको मत नदिने बताएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मत सम्बन्धि प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै मुख्यमन्त्रीको अभिव्यक्तिले मत नदिँउ नदिँउ बनाएको बताए ।

अहिलेको मुख्यमन्त्रीलाई सरकार चलाउने ढंग नभएको उनले आरोप लगाएका छन् । उनले भने, ‘मुख्यमन्त्रीलाई सरकार चलाउने ढंगनै छैन् । उहाँकै अभिव्यक्तिका कारण पनि विश्वासको मत नदिँउ नदिँउ भन्ने बनाएको छ ।’

एमाले संविधानको खिलापमा पटकपटक उत्रिएका कारण आफूहरुले विश्वासको मत दिन नसक्ने उनले बताए । प्रदेशमा एमालेले संविधान विपरीत अध्यादेशबाट बजेट ल्याएको आरोप लगाएका छन् ।

एमालेले कमिकमजोरी सच्याएर जान खोजे आफूहरु समर्थन गर्न तयार रहेको उनले बताए । एमाले सच्चिए आफूहरु पार्टी एकतानै गर्न तयार रहेको उनको भनाइ छ । एमालेले आफूहरुलाई नचाहिँदा वेवास्ता गर्ने र चाहिँदा मात्रै खोज्ने गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार