Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले मागे विश्वासको मत



विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । प्रदेशसभाको तेश्रो अधिवेशनको पहिलो बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश सरकारमा रहेको नेकपा माओवादी र जसपाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन परेको हो ।

प्रदेशको राजनीतिक स्थायित्व कायम गर्नका लागि सबै दलहरु एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए । कार्कीले प्रदेशमा आएको राजनीति उतरचाढापका कारण प्रदेशसभा अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य भएको बताए ।

प्रदेश सरकार विश्वास गर्न योग्य भएकाले सबै दलले सरकारलाई विश्वसको मत दिनुपर्ने कार्कीको भनाइ छ । उनले प्रदेशमा सर्वदलीय सरकार गठनको लागि बाटो खुल्ला रहेको पनि बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार