विराटनगर : नेपाली कांग्रेसले कोशी प्रदेशमा आवश्यक परे मध्यावधि निर्वाचनमा जान आफूहरु तयार रहेको बताएको छ ।
बिहीबार दिउँसो विराटनगरस्थित प्रदेशसभा सचिवालयमा पत्रकारहरुसँग कुराकानी गर्दै कां्रग्रेस संसदीय दलका नेता उद्धव थापाले आवश्यक परे कोशीमा मध्यावधि निर्वाचनमा जान सकिने बताए ।
अहिलेको सरकारलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताउँदै थापाले कांग्रेस बरु मध्यावधि निर्वाचन फेस गर्न तयार रहेको बताए ।
एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले आज बिहान विश्वासको मत दिन आग्रह गर्दै पत्र पठाएका थिए । पत्र पठाउनु स्वभाविक रहेको बताउँदै प्रतिक्रिया दिँदै उनले त्यसको जवाफ संसदबाटै दिने बताए ।