Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हिक्मत कार्कीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय



विराटनगर : नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए । ‘मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने भनेर सर्वसम्मत हामीले निर्णय गरेका छौँ,’ उनले भने ।

कोशी प्रदेशमा सभामुखसहित माओवादी केन्द्रका १३ सांसद छन् ।

गत पुस २५ गते माओवादीसहितको समर्थनमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार अहिले अल्पमतमा छ । सरकारमा सहधागी भएको माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि आज कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

नेपाली कांग्रेसले पनि सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने सत्ता साझेदार राप्रपाले सरकारसँगको सहकार्य जारी राख्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादी र जसपाले भने औपचारिक रुपमा कुनै निर्णय गरिसकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार