Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने



विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको कांग्रेसका सांसद केदार कार्कीले जानकारी दिए ।

यस्तै मुख्यमन्त्री कार्कीले नेकपा एमाले कोशी प्रदेश संसदीय दलको तर्फबाट पत्र पठाउँदै विपक्षी दलहरुसँग मत दिन आग्रह गरेका थिए । उक्त पत्रका विषयमा बैठकमा कुनै छलफल नभएको सांसद कार्कीले बताए ।

सत्ता साझेदार नेकपा माओवादी र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मत कार्कीले आजको प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।  दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार