Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक बस्दै



विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक आज बिहान १० बजे बस्ने भएको छ ।

आजको प्रदेशसभा बैठकमा कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वसको मत लिने कार्यसूचि छ । विश्वासको मतका बारेमा कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीको साझा धारण बनाउन दलको बैठक बस्न लागको माओवादीका सांसद गणेश उप्रेतीले जानकारी दिए ।

हाल मुख्यमन्त्रीको पक्षमा ४६ सांसद छन् । तर, कोशीमा सरकार बनाउन ४७ सांसद चाहिन्छ । उता, विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखसहित माओवादीका १३, नेकपा एसका ४ र जसपाका एक सांसद छन् । माओवादीका बाबुराम गौतम सभामुख भएकाले कोशी प्रदेशमा दुवै गठबन्धनमा ४६/४६ सांसद छन् । सरकार बनाउन दुवैतिर मुस्किल छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार