Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरणको विषयमा कोशी प्रदेश सरकार र नागरिक उन्मुक्ति पार्टीबीच वार्ता



विराटनगर : कोशी प्रदेश सरकार र नामकरणको विरोध गरिरहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच वार्ता भएको छ । बुधबार सरकारले बनाएको वार्ता समितिका संयोजक खानेपानी सिँचाइ तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्यांवोले नाउपासँग वार्ता गरेका हुन् ।

पहिचानवादी समूहले प्रदेशको नामकरण खारेजीको माग गर्दै गठन गरेको प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिमा भने नागरिक उन्मुक्ति पार्टी सहभागी छैन । तर, पहिचानको आधारमा नाम राख्नुपर्ने नाउपाको माग छ ।

सरकार र नागरिक उन्मुक्ति पार्टीबीचको वार्ता सकारात्मक भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार