Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको बजेट ३ अर्ब २८ करोड



विराटनगर : कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाखको बजेट ल्याएको छ ।

आइतबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीले १२ औं नगरसभामा आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले चालुतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार, पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार र वित्तीय व्यवस्थापनतर्फ ५ करोड रूपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजारको बजेट प्रस्तुत गरेको थियो । तर, स्रोतमा संकुचन देखाउँदै महानगरले आगामी आर्थिक वर्षका लागि ८८ करोड ५९ लाख ९८ हजार रूपैयाँ कमको बजेट ल्याएको हो । महानगरले आगामी वर्षका लागि कार्यालय सञ्चालन र प्रशासनिक खर्च मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार