Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रंगेली नगरपालिकाले ल्यायो ७३ करोडको बजेट



विराटनगर :  मोरङको रंगेली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ काे बजेट सार्वजनिक गरेको छ ।

आइतबार नगरपालिकाकि उपमेयर भूमा पराजुलीले आर्थिक वर्षका लागि ७३ करोड २९ लाख ४३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । यो बजेट अघिल्लो वर्षको तुलनामा १२ करोड कम हो ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले ८५ करोड बजेट विनियोजन गरेको थियो।

उपप्रमुख पराजुलीले चालुतर्फ ४९ करोड ९६ लाख २६ हजार रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार