Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई एक लाख दिने



विराटनगर : कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको कोशी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले जानकारी दिए ।

यस्तै बाढीपहिरोमा परी घाइते भएकारुको उपचार गर्न प्रति व्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बिष्टले बताए ।

त्यसैगरी वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार