Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अध्यक्षमा कुमार लुइँटेल



विराटनगर : संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अध्यक्षमा कुमार लुइँटेल चयन भएका छन् ।  मञ्चको शनिबार सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा लुइँटेलसहित नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

अध्यक्षमा चयन भएका लुइँटेल  यसअघि कार्यसमिति सचिव थिए ।

समितिको उपाध्यक्षमा गोकुल पराजुली, समावेशी उपाध्यक्ष तारा आचार्य र सचिवमा सुमन सुस्केरा चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा ध्रुव भट्टराई र विनु तिम्सिना सहसचिव चयन भएकी छिन् ।

राजु पौडेल, सुजाता लिम्बू, उत्तम पोखरेल, चिना थापा र कृष्ण बहाब कार्यसमितिको सदस्य चयन भएका छन् ।

प्रदेशसभा, प्रदेश सरकार र स्थानीय सरकार सञ्चालन र गतिविधिको समाचार लेख्दै आएका पत्रकारहरु मञ्चमा आबद्ध छन् । अधिवेशनको उद्घाटन कोशी प्रदेशका सभामुख बाबुराम गौतमले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार