विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद अम्बरबहादुर बिष्टले कोशी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको बताएका छन् ।
बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रदेशसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
राजस्व उठाउने कुरामा सरकार संवेदनशील भएर लाग्नुपर्ने बताए । उनले भने, ‘विशेषगरी खनिज, जलस्रोत, पर्यटनका क्षेत्रको राजस्वका विषयमा सरकार संवेदनशील हुन जरुरी छ।’
यस्तै उनले प्रदेशमो स्थायित्व कायम राख्न नेकपा एमाले र कांग्रेस मिलेर जानुपर्ने बताएका छन् । राजनीतिक स्थिरताका लागि साझा सरकार बनाउनुपर्ने बताउँदै उनले भने, ‘प्रदेशका दुई ठूला दल एमाले र कांगेस मिलेर अन्य दलहरुलाई समेटेर राजनीतिक स्थायित्व दिनुपर्छ ।’