Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नीति कार्यक्रम ल्याउन ढिला गरियो : राजेन्द्र राई



विराटनगर : नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न ढिलाइ गरेको भन्दै टिप्पणी गरेका छन् ।

बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रदेशसभामा बोल्दै राईले नीति कार्यक्रममा छलफल गर्न पर्याप्त समय नभएको बताए ।

यदि सरकारले अध्यादेशबाट बजेट ल्याउन खाजे त्यो संवैधानिक व्यवस्था विपरीत हुने उनले बताए । अहिलेको सरकार अल्पमतमा रहेको बताउँदै उनले मुख्यमन्त्रीले विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताए ।

‘सरकार अल्पमतमा छ,’ राईले भने, ‘अल्पमतमा रहेको सरकारले पहिला विश्वासको मत लिने कि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने ?’ मुख्यमन्त्रीले नैतिक रुपमा पनि विश्वासको मत लिनुपर्ने राईको भनाइ छ ।

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संसदबाट पास नहुने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार