Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशसभाको बैठक ३१ गते बस्ने



विराटनगर : कोशी प्रदेशसभाको बैठक आगामी बुधबार अर्थात जेठ ३१ गते बस्ने भएको छ । गत २३ गते सभामुख बाबुराम गौतमले अनिश्चितकालका लागि प्रदेशसभाको बैठक स्थगित गरेका थिए ।

जेठ २४ गते प्रदेश प्रमुखले वार्षिक नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यसूचि थियो । तर, नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बैठक स्थगित भएको थियो ।

अन्य ६ वटा प्रदेशले नीति तथा कार्यक्रम पेश गरिसक्दा पनि कोशीमा अझै अन्योल छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार