विराटनगर : कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारमाथि उदयपुरको गाईघाटमा आक्रमणको प्रयास भएको छ ।
प्रदेशको नामकरणमा असन्तुष्ट व्यक्त गर्दै आइरहेको पक्षले बिहीबार गाईघाट बजारमा उनीमाथि आक्रमणको प्रयास गरेका हुन् ।
पहिचानवादीहरुले उनी चढेको गाडीको झण्डा निकालिदिएका थिए ।
यस्तै एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरमाथि पनि आक्रमणको प्रयास भएको छ । रानालाई पहिचान पक्षधरले इलाममा आक्रमणको प्रयास गरेका हुन् ।
नामकरणमा असन्तुष्टि राख्दै आएको पक्षसँग वार्ता गर्न प्रदेश सरकारले हिजो मात्रै तीन सदस्यीय वार्ता समिति गठन गरेको थियोे । उक्त समितिको संयोजकमा खानेपानी तथा सिचाइ मन्त्री तिलकुमार मेन्याङ्को छन् ।