कैलाश चापागाईं/विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशको नामकरणमा विरोध जनाउँदै आएको पक्षसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन भएको छ ।
बुधबार प्रदेश सरकारले पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङ्वाेकाे नेतृत्वमा तीन सदस्य वार्ता टाेली गठन गरेको हो ।
समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटाैला रहेका छन् ।
फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय उनीहरुको आन्दोलन आक्रामक बन्दै गएपछि सरकार पक्षले वार्ताका लागि आह्वान गरेको थियोे ।