विराटनगर : नेकपा एमालेले नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । दुई महिने मिसन ग्रासरुट अभियान सकेको नेकपा एमालेले अर्को एक वर्षे अभियान सुरु गर्न नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो।
पार्टी सचिवहरुलाई प्रदेश इन्चार्ज, स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ । एमालेले सहइन्चार्जको व्यवस्था भने हटाएको छ ।
एमालेले पार्टी सचिव रघुवीर महासेठलाई कोशी प्रदेशको इन्चार्ज बनाएको छ । यसअघिका कोशी प्रदेश इन्चार्ज राजेन्द्रप्रसाद गौतम प्रचार विभागको प्रमुख भएका छन् ।
यस्तै एमालेले कोशी प्रदेशका १४ वटै जिल्लामा नयाँ जिल्ला इन्चार्ज तोकेको छ ।
कुन जिल्लामा को इन्चार्ज ?
हिक्मत कुमार कार्की – मोरङ जिल्ला इन्चार्ज
विशाल भट्टराई – झापा जिल्ला इन्चार्ज
किशोर अधिकारी – सोलुखुम्बु जिल्ला इन्चार्ज
खगेन्द्र राई – ओखलढुंगा जिल्ला इन्चार्ज
राजेन्द्र राई – खोटाङ जिल्ला इन्चार्ज
जीवन घिमिरे – संखुवासभा जिल्ला इन्चार्ज
पर्सुमेघी गुरुङ – उदयपुर जिल्ला इन्चार्ज
रबिन कोइराला – भोजपुर जिल्ला इन्चार्ज
टंक अम्बुहाङ्ग – तेह्रथुम जिल्ला इन्चार्ज
शेरधन राई – सुन्सरी जिल्ला इन्चार्ज
बिनोद ढकाल- धनकुटा जिल्ला इन्चार्ज
वसन्त नेम्वाङ – ताप्लेजुङ जिल्ला इन्चार्ज
तिलकुमार मेनेङ्वो – पाचथर जिल्ला इन्चार्ज
शिबमाया तुम्माहाम्फे – इलाम जिल्ला इन्चार्ज