Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा कांग्रेसले सरकार गठन गर्न पहल गर्ने



विराटनगर : नेकपा एमालेको नेतृत्वमा रहेको कोशी प्रदेशमा नेपाली कांग्रेसले आफ्नो सरकार बनाउन पहल गर्ने भएको छ ।

केन्द्रीय सत्ता गठबन्धन अनुसार प्रदेश सरकार गठन हुनुपर्ने माग राख्दै आएको कांग्रेसले माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफ्नो नेतृत्वको सरकार बनाउन पहल गर्ने भएको हो ।

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको प्रदेश सांसद हिमाल कार्कीले बताए ।

माओवादी र जसपाले समर्थन फिर्ता लिएसँगै हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

एमाले संसदीय दलका नेता कार्की २५ पुसमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाकी एक सांसद गरि ६० जनाको समर्थन थियो ।

६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई अब एमाले र राप्रपाको मात्रै समर्थन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार