Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीद्वारा राजीनामा



विराटनगर : नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कोशी प्रदेश संसदीय दल र  माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को  बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशसभा सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र पठाइसकेका छन् ।

समर्थन फिर्ता लिएसँगै माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् ।

सरकारमा सहभागी भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार