Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय



विराटनगर : जनता समाजवादी पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

सुनसरीमा आज बसेको जसपाको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।

एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा जसपाकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री छिन् ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार