Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरको बजेट ३ अर्ब ९० करोड, कुन पालिकामा कति ?



विराटनगर : सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि उदयपुरमा ३ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ । ८ वटा पालिका रहेको उदयपुरमा चालुतर्फ ३ अर्ब २८ करोड १९ लाख र पुँजीगततर्फ ६१ करोड ५४ लाख गरी कुल जम्मा ३ अर्ब ९० करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

जसमध्ये नगरपालिकातर्फ २ अर्ब ५७ करोड ७३ लाख रहेको छ भने गाउँपालिकातर्फ १ अर्ब ३३ करोड रुपैयाँ विनियोजित गरिएको छ ।

उदयपुरमा ४–४ वटा नगरपालिका र गाउँपालिका छन् । जसमध्ये त्रियुगा नगरपालिकामा सबैभन्दा धेरै र लिम्चुङबुङ गाउँपालिकामा सबैभन्दा कम बजेट छ । त्रियुगामा १ अर्ब २ करोड ५ लाख रुपैयँ विनियोजन भएको छ । विनियोजित रकममध्ये चालुतर्फ ७१ करोड ४९ लाख र पुँजीगततर्फ ३० करोड ५६ लाख रहेको छ ।

लिम्चुङबुङमा २० करोड २५ लाख चालु र २ करोड २९ लाख पुँजीगत गरी कुल जम्मा २२ करोड ५४ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

कटारी नगरपालिकामा चालुतर्फ ५० करोड ६३ लाख र पुँजीगततर्फ ५ करोड ५९ लाख गरी कुल जम्मा ५६ करोड २२ लाख, बेलका नगरपालिकामा चालुतर्फ ४० करोड १३ लाख र पुँजीगततर्फ ८ करोड १६ लाख गरी कुल जम्मा ४८ करोड २९ लाख र चौदण्डीगढी नगरपालिकामा चालुतर्फ ४६ करोड ८१ लाख र पुँजीगततर्फ ४ करोड ३६ लाख गरी कुल जम्मा ५१ करोड १७ लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै उदयपुरगढी गाउँपालिकाको कुल बजेट ४५ करोड १६ लाख रहेको छ । विनियोजित रकममध्ये चालुतर्फ ४० करोड ४२ लाख र पुँजीगततर्फ ४ करोड ७४ लाख रहेको छ ।

ताप्ली गाउँपालिकामा चालुतर्फ २४ करोड ४ लाख र पुँजीगततर्फ २ करोड ८५ लाख गरी कुल जम्मा २६ करोड ८९ लाख र रौतामाई गाउँपालिकामा चालुतर्फ ३४ करोड ४२ लाख र पुँजीगततर्फ ३ करोड ९९ लाख गरी कुल जम्मा ३८ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार