Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वार्तामा आउन पहिचानवादी समूहलाई कोशी प्रदेश सरकारको आव्हान



विराटनगर : कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलन गरिरहेको समूहलाई प्रदेश सरकारले वार्ताका लागि बोलाएको छ । मंगलबार कोशी प्रदेश सरकार प्रवत्ता एवं कृषिमन्त्री भक्तिप्रसाद सिटौलाले प्रेस विज्ञप्ती जारी गर्दै नामकरण विरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा आउन आव्हान गरेका हुन् ।

कोशी प्रदेश नामकरणको विषयलाई लिएर केही समयदेखि भइरहेको असन्तुष्टि र विरोधका घटनाप्रति कोशी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा नागरिक तहबाट असन्तुष्टि र आलोचना बढेका कारण पनि नामकरण सरकारको प्रमुख दायित्व रहेको बताइएको छ ।

नामाकरणका विषय कुनै दल वा सरकारकारको भन्दा पनि सार्वभौम जनताबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको ‘आफ्नो प्रदेशको नामाकरण आफैँ गर्न पाउने’ संवैधानिक अधिकार हो, यही संवैधानिक अधिकारको प्रयोग गर्दै वर्तमान नेपालको संविधानको धारा २९५ (२) अनुसार कोशी नामकरण गरिएको विज्ञप्तीमा उल्लेख छ ।

‘शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्दछ । यही सन्दर्भमा नामकरणको बारेमा रहेका आफ्ना विमतिहरुलाई शान्तिपूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी वार्ता र सम्बादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार