Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरणको आन्दोलनमा पक्राउ परेका ६५ जना रिहा



विराटनगर : कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएर पक्राउ परेकाहरु रिहा भएका छन् । आइतबार विराटनगरमा भएको नामकरण विरोधी आन्दोलनमा ८६ जना पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुमध्ये ६५ जना रिहा भएका छन् भने अझै २१ जना रिहा हुन बाँकी छन् ।

मोरङ प्रहरी स्रोतका अनुसार २१ जनामाथि थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको हो ।

आइतबार प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन लक्षित गरेर उनीहरुले बिाहनैबाट प्रदर्शन गरिरहेका थिए । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच दोहोर झडपसमेत भएको थियो । उक्त झडपमा परी ५३ जना घाइते भएका छन् ।

आन्दोलनकारीहरुले निषेधित क्षेत्र तोडेर घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि प्रदेश राजधानी विराटनगर तनावग्रस्त बनेको थियो । सुरक्षा व्यवस्थामा खटिएका प्रहरी लक्षित गरेर ढुंगामुढा प्रहार गरेपछि दोहोरो झडप भएको थियो । सुरक्षाकर्मीतर्फ ३६ जना र आन्दोलनकारीतर्फ १७ जना घाइते भएको उभएका हुन् । झडपमा परेर नेपाल प्रहरीका २० जना र सशस्त्र प्रहरीका १६ जना घाइते भएका छन् ।

आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ३८ राउण्ड हवाईफायर र ९१ सेल अश्रुग्यास प्रहार गरेको थियो । यता, प्रदर्शनकारीहरुले भने बाँस, लाट्ठी, भालालगायतका घरेलु हतियारसहित ढुंगामुडा प्रहार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार