Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरण गरेर राम्रो काम गरियो : एमाले उपनेता राना



विराटनगर : नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता रामबहादुर राना मगरले प्रदेशको नामकरण गरेर राम्रै काम गरेको बताएका छन् । आइतबार प्रदेशसभामा बोल्दै रानाले प्रदेशको नामकरणमा असन्तुष्टि आउँछन् कि आउँदैनन् भन्ने कुरा पूर्व आकलन गरिएको बताए ।

तर, सबैलाई चित्त बुझाउँदा एकाध पक्षलाई चित्त नबुझ्नु स्वभाविक भएको उनले बताए । ‘चित्त नबुझ्नेको पनि सम्बोभन हुनुपर्छ,’ रानाले भने, ‘तर, सम्बोधन गर्ने भनेर ठूलो ८० प्रतिशतको भाग फेरि २० प्रतिशतलाई दियो भने त्यो ठूलो ८० प्रतिशत रिसाउने वातावरण बन्छ ।’

प्रदेशको नामकरणपछि परिस्थिति असहज भएको उनको भनाइ छ ।

प्रदेशको नामकरण एउटा पक्षलाई मात्र फाइला पुग्ने खालको नभएको उनको तर्क छ । ‘कसैलाई पीर परिहाल्ने, समस्या उब्जिहाल्ने, कोशी नाम राखेका कारणले कसैको अधिकार छिनिएर एउटा पक्षलाई मात्रै फाइदा पुग्ने भन्ने परिस्थिति त काँही देखिँदैन्,’ उनले भने ।

एमाले आन्दोलन पक्षधरसँग वार्ता गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै उनले वार्ता कुन ढाँचामा गर्ने भन्ने कुराले अर्थ लाग्ने बताए ।

संसदले नै वार्ताका लागि प्रक्रिया अघि बढाएर जाँदा राम्रो हुने उनको भनाइ छ । यस्तै उनले लोकतन्त्रमा जनमतको कदर गर्न सिक्नुपर्ने बताएका छन् । ‘यो लोकतन्त्रको समय हो, जनमतको समयमा हामीले जनमतको कदनर गर्नुपर्छ,’ रानाले भने, ‘त्यसैले ढुंगा हानिहाल्नुपर्ने अवस्था देखिँदैन, शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ ।’

यस्तै आगामी नीति तथा कार्यक्रमको विषयमा सरकारले सबै दलहरुसँग गहन छलफल गरेर अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार