Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेस नेता थापाको प्रश्न: सुरक्षाको घेरामा बसेर कसरी बजेट अधिवेशन सम्पन्न गर्ने ?



विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले सुरक्षाको घेराभित्र रहेर सदन चलाउन नैतिकताले नदिने बताएका छन् ।

आन्दोलनकारीहरुलाई रोक्ने एकमात्र विकल्प शान्तिपूर्ण वार्ता भएको बताउँदै थापाले उनीहरुसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै उनले कहिलेसम्म सुरक्षाको घेरभित्र बसेर सदन चलाउने भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् । ‘सुरक्षाको घेरभित्र बसेर कसरी बजेट अधिवेशन सम्पन्न गर्ने ?’ सरकारलाई उनको प्रश्न छ ।

सरकारले आन्दोलनको आवाज सुन्ने चेष्टा नगरेको उनको आरोप छ ।

‘हामीमाथि नैतिकताको प्रश्न उठिरहेको छ,’ उनले भने, ‘प्रहरीको घेराभित्र बसेर सभा सञ्चालन गर्न हामीलाई कुन नैतिकताले दिन्छ ?’ नामकरणपछिको समस्या समाधान गर्न सरकारपक्ष लचिलो हुनुपर्ने उनको भनाइ छ ।

यस्तै उनले कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहने बताए । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी र जनता समाजवादी पार्टीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन पटकपटक आग्रह गर्दा पनि नटेरेपछि उनले यस्तो बताएका हुन् । माओवादी र जसपाका कारण कोशीमा १० दलीय गठबन्धनको सरकार बनाउन विफल भएको थापाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार