विराटनगर : नेकपा माओवादी केन्द्रका प्रदेशससभा सदस्य गणेश उप्रेतीले सांसदको लोगो गोजीमा लुकाएर सदन आइपुग्नु परेको दुखेको गरेका छन् ।
आइतरबार प्रदेशसभाको शुन्य समयमा बोल्दै उनले कोशी नामकरणपछि उत्पन्न आन्दोलनका कारण आफूहरुले असुरक्षित भएको बताए ।
‘प्रदेशसभा अगाडि आन्दोलन गरिरहेका मान्छे कहाँका हुन् ? यहि प्रदेशका हुन कि बाहिरका हुन् ? यदि यही प्रदेशका हुन भने उनीहरुको आवाज सुन्न यो सरकारलाई कसले छेकेको छ ?’ उनले सरकारलाई आन्दोलनरत पक्षसँग वार्ता गर्न आग्रह गर्दै प्रश्न गरेका छन् ।
आन्दोलनरत समूहलाई सरकारले इग्नोर गरेर जान नहुने उनले बताए ।