विराटनगर : कोशी प्रदेश खारेजीमे माग राख्दै आन्दोलनमा उत्रिएका ३१ जनाई विराटनगरबाट पक्राउ गरिएको छ । विराटनगरस्थित प्रदेशसभा अगाडि नामकरणको विरोधमा उत्रिएका पहिचान पक्षधरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट गुलेली, ढुंगासहित लाठी पनि बरामद गरिएको मोरङ प्रहरीका प्रवत्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि आन्दोलनकारीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा थाङ्साङ लावती, दीपा आदाङ्मालगायत रहेका छन्।
कोशी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। अधिवेशनका लागि सांसदहरुलाई प्रदेशसभा भवन प्रवेशमा अवरोध गर्ने तयारीसहित पहिचान पक्षधर बिहानैदेखि भेला भएका थिए। प्रदेशसभा वरपर भेला भएका पहिचान पक्षधरले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।