विराटनगर : कोशी प्रदेशको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते आइतबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन् ।
खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १४ गते आइतबारका लागि प्रदेशसभाको दोस्रो तथा तथा बजेट अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वानसम्बन्धी सूचना उल्लेख छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम संवत् २०८० साल जेठ १४ गते आइतबार कोशी प्रदेशको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवत्ता नरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
