Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश : बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस



विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन जेठ १४ गते आव्हान गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरीषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खापुङलाई जानकारी गराइसकेका छन् ।

यस्तै प्रदेश निजामति सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले जानकारी दिए ।

बैठकले स्थानीय सेवा ( गठन तथा सञ्चालन ) अध्यादेश २०८० लाई पनि प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार