काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रलाई संकटमा पुर्याएको आरोप लगाएका छन्।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आइतबार बसेको संसद् बैठकमा बोल्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
‘गठबन्धन सरकार नै अर्थतन्त्रलाई संकटको डलमा पुर्याउने कारण हो। प्रधानमन्त्रीले राम्रो भनिदिए हुन्थ्यो भनेपनि तथ्यांकले त्यसो भन्दैन’ उनले भने।
साथै, उनले गठबन्धन सरकारले नेपाललाई दुई वर्षमा विश्वको उत्कृष्ट दश आर्थिक वृद्धि भएको देशको सूचीबाट हटाएको आरोप लगाएका छन्।
‘गठबन्धन देश र जनताको दुःखको कारण भएको छ। तीनै तहको चुनाव जालजासीपूर्ण भयो, आतंकमा चुनाव भयो, जनतालाई मारिएको छ, शान्तिपूर्ण भनिएको चुनावमा राज्यसत्ताको चरम दुरुपयोग भएको, सत्ता पक्षले व्यापक धाँधली भएको छ।’ उनले भने,’संघीयता राम्रो भयो भने पनि म प्रधानमन्त्रीबाट हटेपछि एकपटक पनि समन्वय परिषदको बैठ बोलाइएको छैन। मैले संघीयता कार्यान्वयनका लागि कोसिस गरेको थिए। सरकार आएपछि कोहीसँग पनि सल्लाह गरेको छैन।’