Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एसका सचिव विश्वासी र पूर्व राज्यमन्त्री केसी एमालेमा फर्किए



दाङ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी र पूर्व मन्त्री हिराचन्द्र केसी एमालेमा फर्किएका छन् । उनीहरूसहित दाङ जिल्ला कमिटीका केही पदाधिकारी एमालेमा फर्किएका हुन् ।

शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले उनीहरूलाई एमालेका स्वागत गरेका थिए ।

एकीकृत समाजवादीका सचिव विश्वासी, केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली र सचिव डिल्ली डाँगीसहितका नेताहरू एमालेमा फर्किएका हुन् ।

एकीकृत समाजवादीले शुक्रबार नै पार्टीको हित विपरीत काम गरेको भन्दै सचिव विश्वासीसहित ६ जनालाई कारबाही गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार