विराटनगर : नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० औं स्मृति दिवसमा रतुवामाईमा निर्माणाधीन मदन-आश्रित पार्कमा विविध कार्यक्रम गरी मनाइएको छ ।
भण्डारी र आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
दिवसका अवसरमा बुधबार मदन-आश्रित फाउन्डेसनको आयोजनामा तत्कालीन नेकपा मालेको स्थापन स्थल रतुवामाई ९ धाद्रामा बन्दै गरेको पार्कमा दिप प्रज्वलन गरिएको हो ।
स्वर्गीय भण्डारी र आश्रितको तस्बिरमा माल्यार्पण गरी ३० औँ स्मृति दिवस पार गरेकोमा ३० वटा मैनवत्ति बालेको नेकपा मोरङ जिल्ला सचिवालय सदस्य तथा मदन–आश्रित फाउन्डेसन रतुवामाईका अध्यक्ष मेघराज शर्मा कट्टेलले बताए ।
मदन–आश्रितले देखाएको बाटोमा पार्टी अघि बढिरहेको बताउँदै उनले स्व. भण्डारीको विचार र सिद्धान्त वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।