फाइल तस्बिर
विराटनगर : कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका वडा नं ६ की पवित्रा कार्कीको उपचारमा एक लाख ७५ हजार रुपैया सहयोग गरेको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले एसिड पीडित बालिकालाई उपचार खर्च बापत एक लाख ७५ हजार उपलब्ध गराएको हो ।
पीडित बालिकाको किर्तिपुर बर्त हस्पिटलमा उपचार भइरहेको छ ।
यस्तै प्रदेश खेलकुद ऐन २०७६ बमोजिम गठन भएको प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाइएको छ । सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र त्यस विषयमा ‘ तपाईलाई पदबाट किन नहटाउने ?’ भनि दुइ पटक सम्म स्पस्टीकरण माग्दा पनि चित्त बुझ्दो स्पस्टीकरण नदिएकाले वाग्लेलाई पदबाट बर्खास्त गरिएको हो ।
बैठकले आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ मा उल्लेख भए बमोजिम आर्थिक रुपले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत एक करोड पचास लाख थप बजेटका लागि स्विकृती प्रदान गर्ने निर्णय गरेको छ ।