Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुर सिमेन्ट उद्योग बचाउन युवाहरुले थाले खबरदारी अभियान



विराटनगर : उदयपुर सिमेन्ट उद्योग बचाउन युवाहरुले खवरदारी अभियान सुरु गरेका छन् । उद्योग धरासयी बनाएको भन्दै उदयपुर सिमेन्ट उद्योग बचाउ खबरदारी समितीले मंगलबार उद्योग परिसरमा धर्ना दिएका छन् ।

करिब एक घण्टा सिमेन्ट उद्योगको गेटमा धर्ना दिएका उनीहरुले उद्योगलाई सहज बनाई पून ः सञ्चालनको माग गरेका छन् ।

सिमेन्ट उद्योगमा व्यापक भ्रष्टाचार र अनियमितता भएको उनीहरुको आरोप छ । उदयपुरका युवाहरुले केही समयदेखि उद्योगमा भएको लापर्बाहीका कारण हजारौँ रोजगारीबाट बञ्चित हुनुपरेको भन्दै दबाब कार्यक्रम गर्दै आएका छन् ।

सरकारी स्वामित्वमा रहेको उद्योग ध्वस्त पारी निजि कम्पनीबाट संचालन गर्न खोजिएको भन्दै उनीहरुले चर्को आलोचना गर्दै आएका छन् । बेतिथीको अन्त्य गरी तुरुन्त मर्मत तथा पार्ट पुर्जा परिवर्तनसहित सिमेन्ट उद्योग नयाँ प्रबिधिबाट सञ्चालन हुनुपर्ने स्थानीय राजकुमार घिमिरेले बताए ।

यस्तै व्यवस्थित तरिकाले उद्योग सञ्चालन गर्न नसकेको भन्दै माहाप्रवन्धकलाई जिम्मेवारीबाट हटाउनसमेत माग गरेका छन् ।

मंगलबार युवाहरुले ‘उद्योगकै कमाईले घरगोठ बनायौँ जाने बेला खै उद्योग जोगायौँ’, ‘गैडाछाप सिमेन्ट थियो देशको शान खोक्रो उद्योग पार्न किन गर्छौ तानातान ?’, ‘जनताको चाहाना भ्रष्टाचाररहित कारखाना’, लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार