विराटनगर : अनेरास्ववियु मोरङले डिग्री क्याम्पस विराटनगरमा वृक्षरोपण गरेको छ । आफ्नो ५९ औँ स्थापना दिवसको अवसर पारेर सोमबार अनेरास्ववियुले वृक्षरोपण गरेको हो ।
अनेरास्ववियु मोरङले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा रचनात्मक कार्यक्रम गर्दै आइरहेको जिल्ला अध्यक्ष तुलसी घिमिरेले बताए । उनका अनुसार आज क्याम्पस परिसरमा करिब ५० वटा विरुवा रोपिएको छ ।
वातावरण स्वच्छ राख्न सबैले आ-आफनो ठाउँबाट सहयोग गरे सुन्दर स्वच्छ वातावरण राख्न सकिने घिमिरेले बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले मोरङ जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज भाष्कर खनालले पछिल्लो समयमा विकास निर्माण, उद्योग, कलकारखाना र विभिन्न कारणले वातावरणमा असर पर्दै जान थालेकाले यसलाई जोगाई राख्न सबैले ध्यान दिनुपर्ने बताए ।
मानवले प्रकृतिको दोहन गर्नाले विभिन्न संकट आइलाग्ने गरेकाले त्यसको अत्यको लागि बाेटविरुवा रोप्न र यसको संरक्षण गर्नु आवश्यक रहेको उनले बताए ।
अनेरास्ववियु स्थायी कमिटी सदस्य कमल पौडेल, पूर्व केन्द्रीय सदस्य नवराज घिमिरे, मोरङ सचिव विरेन्द्र घिमिरेर, जिल्ला सहसचिव नवीन पहाडी, सागर थापा लगायतको उपस्थितिमा वृक्षरोपण गरिएको हो ।