काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासत राखेर अनुसन्धान गर्न अनुमती दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हाे।
शरणार्थी प्रकरणमा मुछिएपछि खाणलाई अनुसन्धानका लागि मैजुबहालस्थित उनकै निवासबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएकाे थियाे।