Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निम्न वर्ग लक्षित तालिममा जनप्रतिनिधिका आफ्न्त र आसेपासे मात्रै



पथरी : मोरङको पथरीशनिश्चरे वडा नम्बर ३ मा वडा कार्यालयले सञ्चालन गरेको ड्राइभिङ तालिममा जनप्रतिनिधिका आफन्त र ‘आसेपासे’ लाई मात्र सहभागी गराएको पाइएको छ ।

वडाले अन्तरवार्ता नै लिएर ‘ड्राइभिङ्ग’तालिममा सहभागी छनौट गराएको थियो । सहभागीहरु जनप्रतिनिधि कै आफ्न्त र निकटका रहेको पाइएको हो ।

वडा कार्यालयले चैत्र २४ गते  वडामा रहेका विपन्न तथा जेहेन्दार युवा तथा महिलालाई  वडावासीलाई ‘ड्राइभिङ्ग’तालिममा सहभागीताका लागि आव्हान गरेको ७ दिने म्याद राखी सुचना प्रकाशित गरेको थियो । आवेदन पेश गर्न र आवेदक मध्येवाट छनौट गरेकालाई सो तालिममा सहभागी गराइने वडा कार्यालयले जनाएको थियो ।

सोहि तालिममा सहभागी हुनेको संख्या वढी भएको भन्दै वडा कार्यालयले वैशाख १२ गते अन्तरवार्ताबाट तालिममा सहभागी हुनेको नाम तय गरिने सुचना प्रकाशित गरि वैशाख १६ गते शनिवार अन्तरवार्ताको मिती तोक्यो ।

वडा कार्यालयले वैसाख १७ गते प्रकाशित गरेको लिष्टमा मापदण्ड भन्दा बाहिरका परेको भन्दै बडावासीले असन्तुष्टी व्याक्त गरेका छन् ।

वडा कार्यालयले प्रकाशित गरेका लिष्टमा नेपाली कांग्रेस निकट नेविसंघका नेताको समेत तालिममा सहभागीको रुपमा नाम प्रकाशित गरिएको छ ।

स्रोतका अनुसार वडा कार्यालयको छनौटकर्ता नेपाली काग्रेस निकट एक विद्यार्थी नेता रहेका थिए । उनैले नेविसंघ पथरीशनिश्चरेका नगर सभापती  सागर बराल र अर्का नेविसंघकै नेता केदार वजगाँईलाई तालिम सहभागीका रुपमा छनौट गरेका छन् ।

नेपाल तरुण दलको वडा सचिव रहेका उज्जल ढकाल समेत सो तालिममा सहभागीका रुपमा छनौट भएका छन् ।

त्यसै गरि वडाका कांग्रेस नेता गोविन्द दंगालकी श्रीमती तिलरुपा कोइराला अन्तरवार्ता वाट छनौट सुचीमा परेकी छन् । वडा सदस्य झन्केश्वरी अधिकारीका भाइ राजेन्द्र पोख्रेल समेत सो तालिममा सहभागीका रुपमा छनौट भएका छन् ।

तालिममा सहभागीका लागी आर्थिक अवस्था कमजोर युवा तथा महिलालाई सहभागी गराउने भनिएर सुचना गरिएपनि सो वर्गका लाई नभइ जनप्रतिनिधीका आफ्न्त र आसेपासेलाई तालिममा सहभागी गराउने प्रक्रिया थालिएपछि सोको विरोध समेत भएको छ ।

सामाजिक सञ्जालमै केहिले यसको विरोध गरेका छन् ।  वडा अध्यक्ष विजय लिम्वु भने यस विषयमा प्रतिक्रिया जनाउने पक्षमा रहेका छैनन् । तालिममा सहभागी हुने छनौटमा परेकाहरु आफै गाडि खरिद गरेर कुदाउने हैसियत सम्मका रहेका छन् । वडाले विपन्नका लागी भनेर ल्याएको तालिममा आफ्न्त र आसेपासेलाई सहभागी गराइएपछि यसको प्रभावकारीतामा प्रश्न चिन्ह उठेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार