Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संसदमा एमाले: फिल्म हेर्न आतुर छौं, सबै काण्डको छानबिन गरौं



काठमाडौं : नेकपा (एमाले)ले भ्रष्टाचारका सम्पूर्ण काण्डहरुकाे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए।

‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौँ। बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं। यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौं,’ बैठकमा बाेल्दै गिरीले भने।

उनले जुनसुकै प्रकारका भ्रष्टाचार विषयलाई छानबिन गरी कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डलाई छानबिन गरी कारबाही गर्न चुनौती दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार