Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु हुँदैन : माधव नेपाल



विराटनगर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उहाँले यसमा सहभागी साना ठुला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाबसामू कुनै पनि हालतमा झुक्नु हुँदैन।’

उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए।

शक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टाेपबहादुर रायमाझी, उपाध्यक्ष रामबहादुर थापाका कानुनी सल्लाहकार इन्द्रजित राई, पूर्व गृह सचिव टेकनारायण पाण्डे, केशव दलाललगायत मुछिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार