Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारविरुद्ध उर्लाबारीमा युवा संघले निकाल्यो राँके जुलुस



विराटनगर : सरकारले सशस्त्र द्वन्द्वकालका माओवादी अयोग्य लडाकुलाई राहत वितरण गर्न लागेको विरोधमा नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले उर्लाबारीमा प्रदर्शन गरेको छ ।

शनिबार साँझ उनीहरूले उर्लाबारी चोकमा सरकारविरुद्ध नाराबाजी गर्दै राँके जुलुस निकालेका हुन्। उनीहरूलेले ‘नालायक सरकार मुर्दावाद’, ‘निर्णय तत्काल फिर्ता लिई’लगायत नारा लगाएका थिए ।

देशले आर्थिक संकट झेल्नुपर्ने अवस्था आइरहेका बेला यसरी राज्य कोष दोहन गर्न दिनु हुँदैन भन्ने मान्यतासहित आफूहरु विरोधमा उत्रिएको युवा संघका नगर अध्यक्ष नितम चौहानले बताए ।

यस्तै केही दिनअघि झापामा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासको समेत युवा संघले विरोधमा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार