Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओलीको चुनौती: ‘दुईचार जना उफ्रँदैमा केही हुँदैन, सक्छौं भने कोशी नाम फेरेर देखाओ’



विराटनगर : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानवादीहरुलाई कोशी प्रदेशको नाम फेर्न चुनौती दिएका छन् ।

शनिबार पाँचथरको फिदिममा आयोजित कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता नहुने बताए ।

दुईचार जना केटा सडकमा उफ्रँदैमा नामकरण परिवर्तन नहुने भन्दै उनले जनताबाट दुई तिहाइ मत ल्याएर नाम संशोधन गर्न चुनौती दिएका छन् । उनले भने, ‘दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ ।’

यस्तै ओलीले प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने बताए । नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षलाई ओलीले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न सुझाव दिएका छन् ।

शनिबार फिदिममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली । तस्बिर : ओलीको सचिवालय 

प्रतिक्रिया
सम्बन्धित समाचार