विराटनगर : कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो।
आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका हुन्। जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएको हो।
काठमाडौँ उपत्यकामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा छ बिरामी रहेका छन्। यस्तै भेन्टिलेटरमा एक बिरामी छन्।