विराटनगर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुंगा प्रहार भएको हो ।
ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर कोशी नामकरणा खारेजीको माग गर्दै आन्दोलनरत पक्षले प्रदर्शन गरेपछि झडप समेत भएको छ । प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
ओली सहभागी कार्यक्रमा जान खोज्दा उनीहरूलाई प्रहरीले रोकेको थियो । त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको रेग्मीले बताए ।
यस्तै पहिचानबादीहरूले उनलाई कालो झण्डा देखाउने प्रयाससमेत गरेका छन् ।