Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पीडित र असह्राय नागरिकलाई प्रहरी सेवामा प्राथामिकता



विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालयले शोषित, पीडित गरिव र असह्राय नागरीकहरुलाई प्रहरी सेवामा प्राथामिकता दिने भएको छ । प्रहरी संगठनका साथै आफ्नो वृत्ति विकासको लागि सामुहिक भावना, भाईचारा र आपसी सहयोगको आवश्यकता जरुरी रहेको कार्यालयले जनाएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण गर्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले दैनिक काम कारबाहीलाई चुस्त, दुरुस्त बनाइ अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, विभिन्न आपराधिक गतिविधि तथा लागूऔषध एवं हतियारको कारोबार, ओसारपसार र प्रयोग नियन्त्रण गर्न प्रहरी सक्रियता बढाउन निर्देशन दिएका छन् ।

यस्तै अपराध तथा चोरी तस्करी नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, प्रहरी परिचालनलाई प्रभावकारी बनाउन, सवारी दुर्घटना न्यूनीकरण गर्न, नियम उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाहीको दायरामा ल्याउन र चेक जाँचलाई बढाउन उनले निर्देशन दिए। विभागीय मूल्य–मान्यताभन्दा बाहिर गएर काम गर्ने जुनसुकै प्रहरी कर्मचारीलाई कारबाही गरिने चेतावनी उनले दिएका छन् ।

प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न, तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराई अक्षरस पालना गर्न, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, चेकिङको क्रममा सभ्य र शिष्ट भाषा प्रयोग गर्न, आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गरी सदैव प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन बास्तोलाले निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार